Nepali Life Quotes: Beautiful Life Quotes in Nepali
Nepali Life Quotes: Here are beautiful life quotes in Nepali. Hope these beautiful Nepali life quotes will give the inspiration you need to live a good and meaningful life.
Beautiful Life Quotes in Nepali
“ कहिलेकाही गलत ब्यक्तिले हामीलाई जीवन को सही पाठ सिकाउँछ। ”
“ मान्छेको मन होस वा कपडा पुरानो भएर केहि हुँदैन, सफा भए पुग्छ। ”
“ बदला लिएर होइन बदलिएर देखाऊ, दुनिया फरक पाउनेछौ। ”
“ लडेर उठ्नु नै ज़िन्दगीको सबै भन्दा ठूलो शिक्षा हो। ”
“ मन्दिरमा होइन हजुर, मनमा बत्ती बाल्नुहोस। ”
“ मानिसलाई सफलता भन्दा असफलताले धेरै कुरा सिकाउँछ। ”
“ जिन्दगी एउटा भिजेको कागज जस्तै भा छ न त लेख्न मिल्छ न त जलाउन मिल्छ। ”
“ कहिलेकाँही आफैसग अन्तरबार्ता लिन मन लाग्छ, प्रश्नहरु धेरै हुन्छन् अनि उत्तर मौन। ”
“ संसारमा सबै भन्दा ठूलो चिहान मान्छेको मन हो जहाँ हजारौँ सपनाको कंकाल भेटिन्छ। ”
“ सफल मानिस ख़ुशी रहोस नरहोस तर खुशी मानिस अवश्य सफल हुन्छ। ”
“ जीवन संघर्ष हो र संघर्ष गर्नेले नै जीवनमा सफलता प्राप्त गर्दछ। ”
“ खुशी किन्ने पैसाको रङ कस्तो हुन्छ ?
त्यही पैसा कमाउनु छ। ”
“ परिस्थिति हेरेर कसैलाई औंला नउठाउनु भोलि त्यही औला जोडि नमस्कार गर्नुपर्ला। ”
“ माता पिताको मुखबाट निस्केको आशीर्बाद भगवानले पनि टाल्न सक्दैनन। ”
“ धेरै बोल्दैमा मान्छे खराब हुँदैन, बरु मनको सफा अनि सहयोगी हुन्छ। ”
“ आँखाबाट आँशु खसालेर रुन होइन अड्याएर हास्न सिक तिमी महान हुनेछौ। ”
“ यस्तै रहेछ जिन्दगी सानो हुँदा अक्षर चिन्न गार्हो, ठूलो भएपछि मान्छे। ”
“ जिन्दगी पनि त चङ्गा जस्तै त रहेछ समय आएपछि उडाएर लाने। ”
“ साँझ परेपछि आफ्नै छाया ले त छोडि जान्छ झन अरु को त के कुरा। ”
“ रुपको पछाडि लागेर पागल नबन। किनकि, सबै चम्किने बस्तु हिरा हुँदैन। ”
“ कोही आउँदैमा र कोही जाँदैमा जीन्दगी,
बदिलदैन बस बद्लिन्छ त जीउने तरीका। ”
“ जीवन भरि एउटै गल्ती गरिरहे। यहाँ सबै पराई रहेछन। म सबैलाई आफ्नो ठानिरहे। ”
“ जब सम्म सही संगत पाउदैनौ,
तब सम्म एक्लै हिंड। ”
“ संसारमा जति पनि सम्बन्ध र नाता छन् त्यसमा आमाको नाता धेरे प्रेमपूर्ण घनिष्ठ छ
। ”
“ समयले अनगिन्ती घाउ दिएर जान्छ। फरक यत्ती हो, कुनै घाउको मलम हुन्छ अनि कुनै घाउ सहने चलन हुन्छ । ”
“ निस्वार्थी छु त्यसैले त यो स्वार्थीहरुको भिड बाट बेग्लै छु,
देखावटी राम्रो बन्न जान्दिन म, त्यसैले त म एक्लै छु। ”
“ हत्यारा त म पनि हु, आफ्नो सपना, इच्छा र चाहनाहरुको। ”
Also Read: Best Life Status, Inspiring Life Quotes & Images in Nepali Language