Inspiring Quotes From the Famous People in Nepali
Inspiring Quotes From the Famous People in Nepali
Here are the famous inspiring quotes from the famous people in Nepali. May this quote give you inspiration and provide you more success in your life.
“ शिक्षामा लगानी गर्नुभनेको मूलधन बढाउनु हो । ”- जय पृथ्वी बहादुर सिंह
“ जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु हो। ” – यम बुद्ध
“ आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् । ” – भिक्टर ह्युगो
“ संघर्ष बिना स्वतन्त्रता प्राप्त हुँदैन । ” – चे ग्वेभारा
“ सोंचले नै समाज जन्मिन्छ। होइन भने,हरेक व्यक्ति यहाँ एक्लो छ ।” – ओस्कार वाइल्ड
“ म जति अत्तालिएर अगाडी बढ्छु, त्यती पछाडी रहन्छु। ” – लुइस क्यारल
“ दिमागमा झुट र त्रुटी भरीएका मानिस भन्दा केहीपनि थाहा नभएको मानिस सत्यको नजिक हुन्छ । ” – थोमस जेफर्सन
“ सबैभन्दा पहिले दु:खलाई अपनाउन सिक । दुख संग परिचित नहुँदै मिलेको विजयले धेरै खुशी दिन सक्दैन।”- एलिसा मिलानो
“ म यहाँसम्म मेरो भाग्यले होइन, मेरो मेहनतले आएकी हूँ । ”- एस्टी लडर
“ युवाहरुको लागि उनीहरुको आलोचक होइन,नमुना बनिदेऊ । ” – जोन वुडन
“ तिमीले आफू को हूँ भनेर त्यतिबेला चिन्छौ,जब जीवनमा अप्ठ्यारा परिस्थिति आउँछन् । ” – ओप्राह विन्फ्रे
“ तिम्रो सकारात्मक काम र सकारात्मक सोचको मिलनले नै सफलता जन्माउँछ। ” – शिव खेडा
“ तिमीलाई जो व्यक्तिले उचित व्यवहार गर्दैन, त्यो व्यक्तिलाई तिम्रो विचार भावना र जीवनमाथि असर पार्न नदेऊ ।” – विल स्मिथ
“ यदि पुरुष आफैमा क्षमतावान छ भने, उसले आफूलाई ठूलो देखाउनको लागि श्रीमतीलाई कमजोर देखाउने आवश्यकता पर्दैन । ” – मिसेल ओबामा
“ तिमीले डरको सामना गरेका प्रत्येक कामको अनुभवले तिमीलाई अझ अगाडी बन्ने आत्मविश्वास जगाईदिन्छ। ” – एलेनोर रुजवेल्ट
“ प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ । ” – बब मार्ली
“ एउटा नोकरको मालिक एउटा मात्र हुन्छ । तर सफल भएको व्यक्तिको मालिक धेरै हुन्छन् , किनकी उनीहरुले सोंच्छन्, उनीहरुको सहयोगले गर्दा त्यो व्यक्ति सफल भएको हो । ” – विल्सन मिज्नर
“ उत्साह बिना आजसम्म कसैले पनि केही प्राप्त गरेको छैन । ”
- राल्फ वाल्डो एमर्सन
“ हामी वास्तविकताले भन्दा बढी कल्पनाले गर्दा बढी तनावमा आइरहेका हुन्छौं । ”
– सेनेका
“ यदि मलाई फेरी जिन्दगीको सुरुवात गर्ने अवसर मिल्थ्यो भने, म केही पनि परिवर्तन होस् भन्ने चाहन्नथे । मात्र, मेरो दृष्टिकोण फराकिलो होस् भन्ने चाहन्थें । ” – जुल्स रेनार्ड
“ यदि तिमीलाई राम्रो अनुभव गर्नु छ भने,अहिले नै बाहिर निस्क र केही राम्रो काम गरेर आऊ । ” – ओप्रा विन्फ्री
“ जसले जोखिम उठाउने हिम्मत गर्दैन, उसले जीवनमा केही पनि प्राप्त गर्दैन । ” –मुहम्मद अली
“ अवसरहरु हरबखत हाम्रो वरिपरि घुमिरहेका हुन्छन् समस्या यो हो की,हामीले ती अवसरलाइ चिन्न सकिरहेका हुँदैनौं । ” – लु होल्ज
“ तिमी पूर्ण रुपले खुशी रहन चाहन्छौ भने खुशी बाँड्न सिक । ” – मार्क ट्वेन
“ संसार भनेको हाम्रो विचार र दृष्टिकोण बाहेक अरु केही होइन । ” – एन्टोन चेखव
“ इमान्दार व्यक्तिको लागि कुनै पनि नियम या कानुनको आवश्यकता पर्दैन !” – अल्बर्ट क्यामु
“ सबै व्यक्ति र सबै वस्तुमा सुन्दरता हुन्छ । तर, ती व्यक्ति र वस्तुलाई हेर्ने सबै मानिसले त्यो सुन्दरता चिन्न सक्दैनन् । ” – कन्फुसियस