Life Quotes in Nepali: Inspiring Nepali Life Quotes

Life Quotes in Nepali: Inspiring Nepali Life Quotes
Enjoy the inspiring Nepali life quotes which can inspire you and motivate to a positive path.
Life Quotes in Nepali: Inspiring Nepali Life Quotes
“ बिश्वास भन्ने चीज स्टिकर जस्तै हुन्छ मित्र,
दोस्रो चोटि पहिलो जस्तो लाग्दैन। ”
“ मान्छे राम्रो थियो, यो शब्द सुन्नका लागि मर्नु पर्छ। ”
“ आकाश गर्जदैमा फूल फुल्दैन,
त्यसैले शब्द ठूलो गर आवाज होइन। ”
“ जो सच्चा हुनेगर्छ, ऊ हमेशा एक्लो हुने गर्छ। ”
“ बोक्राको त्यति खेरसम्म मह्त्व हुन्छ,
नि जब सम्म त्यस भित्र गुदी रहन्छ। ”
“ भएर पनि नभए जस्तो हुनु भन्दा, हुँदै नहुनु जाती। ”
“ दुश्मनलाई मार्ने एउटै सजिलो उपाय सँधै मुस्कुराइ दिनुहोस। ”

“ बाहिर एक, भित्र अनेक मानिसका रूप धर्म गर्छन पापीहरु सल्काएर धुप। ”
“ तब सम्म कमाउनु जब सम्म महँगो चीज सस्तो लाग्दैन,
चाहे त्यो सामान होस या सम्मान। ”
“ पैसाले सँधै एउटै भाषा बोल्ने गर्छ
आज तिमीले मलाई बचायौ भने
भोली म तिमीलाई बचाउने छु। ”
“ कोसिस गर्दा धेरै चोटि हार खान सकिन्छ, तर हार्नु भने कहिल्यै हुँदैन।
“ असफलता भनेको त्यस्तो मसला हो,
जसले सफलतामा स्वाद भर्छ। ”
“ हरेक मान्छे जसो तसो बाँचेकै हुन्छ चाहे त्यो दुख लिएर होस या दुखाइ। ”
“ उद्देश्य भएको मुर्खले उद्देश्य बिनाको बिद्वानलाई पछि पार्न सक्छ। ”
“ सुखमा फर्केर हेर्ने,
दुखमा हेरेर फर्कनेहरुको
कमी छैन यहाँ। ”
“ मौसम बद्लिन्छ केही फरक पर्दैन, त्यो प्राकृतिक नियम हो। जब मान्छे बदलिन्छ, धेरै फरक पर्छ किनकि त्यो स्वार्थ हो। ”
“ हर अँध्यारो रातपछि अवश्य घाम झुल्कन्छ। ”
“ तब सम्म कमाउनु जब सम्म महँगो चीज सस्तो लाग्दैन,
चाहे त्यो सामान होस या सम्मान। ”
“ आफ्नो बुबाको गरिबी र आमाको पहिरनमा कहिले पनि नहास्नुहोस। ”
“ लेख्नलाई कलम होईन शब्द राम्रो हुनुपर्छ, देख्नलाई रूप होईन व्यवहार राम्रो हुनु पर्छ। ”
“ केहि पाउनलाई झुठो नबोल बरु साचो बोलेर गुमाउ,
ताकी दुनियाँको नजरमा तिमी खराब त हुनुपर्दैन । ”
“ मैदानमा हारेको ब्यक्ति फेरी जित्न सक्छ,
तर मनले हारेको ब्यक्ति कहिल्यै जित्न सक्दैन। ”
“ छाता र नाता दुबे एउटै हुन,
सबैले आवश्यक पर्दा मात्र
प्रयोग गर्छन। ”
“ पिडा लुकाउने ठाउँ त मन हो साथी,
मुहारमा त सँधै मुस्कान नै हुनु पर्छ। ”
“ सच्चा मित्रले तिमीसंग प्रतिस्पर्धा होइन,
तिम्रो सफलतामा सँधै ख़ुशी अनि हौसला दिन्छन। ”
“ कठिन समयमा बुद्धिमान मानिस,
बाटो खोज्छ भने कायरले बहाना। ”
“ जिन्दगी संग हारेर होइन
लडेर जिउन सक्नु पर्छ। ”